अमन मास्केको पहलमा तारकेश्वर-९ मा ४ करोड बढी बजेट विनियोजन
काठमाडौं । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा (एमाले) बाट काठमाडौं क्षेत्र नम्बर ७ (ख) प्रदेशसभा सदस्य इञ्जिनियर अमनकुमार मास्केको पहलमा तारकेश्वर नगरपालिका वडा नम्बर ९ मा आर्थिक वर्ष २०८२/०८३ का लागि ४ करोडभन्दा बढी बजेट विनियोजन भएको छ।
प्रदेश सरकारको बजेटबाट विनियोजन भएको उक्त रकम स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, उपभोक्ता समिति तथा वडाबासीहरूको माग, आवश्यकता र सुझावलाई सम्बोधन गर्दै विनियोजन गरिएको मन्त्री मास्केले बताएका छन्।
यसअन्तर्गत शान्तिचोकबाट वासुकी टोल हुँदै फुटुङ जाने सडक स्तरोन्नती गरिने भएको छ। यस योजनाको लागि ९० लाख बजेट विनियोजन गरिएको छ। यस्तै शुभकामना चोक हुँदै ठूलो इनारसम्म वडा नम्बर ९ र वडा नम्बर ७ को सीमाना जोड्ने सडकलाई कालोपत्रे गर्न ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।
नवीन नगरभित्र सडक स्तरोन्नती गर्न २५ लाख बजेट व्यवस्था गरिएको छ भने वडा नम्बर ७ को सीमाबाट वडा नम्बर ९ को दक्षिणतर्फ ग्याँडोल जाने सडक स्तरोन्नती गर्न ४० लाख विनियोजन भएको छ। यस्तै क्षितिज बस्तीको सडक सुधारका लागि २५ लाख र संगम टोलको सडक स्तरोन्नतीका लागि पनि २५ लाख बजेट छुट्टाइएको छ।
शुभदय टोलस्थित पोखरेल निवासदेखि उत्तरी बाटोको स्तरोन्नती गर्न २५ लाख विनियोजन भएको छ। यस्तै ग्याँडोल मुख्य सडक हुँदै बाक्सापाखा जाने सडकको स्तरोन्नती गर्न ५० लाख बजेट व्यवस्था गरिएको छ।
यसका साथै कृषि उत्पादन प्रवर्द्धन तथा प्रविधि हस्तान्तरणका लागि २० लाख बजेट विनियोजन गरिएको छ भने शहरी स्वास्थ्य केन्द्रको सुदृढीकरण गर्न १० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
टोखा नगरपालिका वडा नम्बर १ र ८ तथा तारकेश्वर नगरपालिकाको वडा नम्बर १, २, ६, ७, ८, ९, १० र ११ समेटिएको निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचित मन्त्री मास्के विकास निर्माणमा सक्रिय जनप्रतिनिधिका रूपमा परिचित छन्। विशेषगरी पूर्वाधार निर्माण, सडक सुधार, कृषि प्रवर्द्धन तथा स्वास्थ्यलगायतका क्षेत्रमा उनले निरन्तर ध्यान दिँदै आएका छन्। स्थानीयसँग सल्लाह गरी विनियोजन गरिएको बजेटले तारकेश्वर ९ को विकासमा टेवा पुग्ने तारकेश्वर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष श्यामकृष्ण महर्जन बताउँदछन्।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्केको पहलमा तारकेश्वर-९ मा ४ करोड बढी बजेट विनियोजन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्