यसरी सधैं खुशी र प्रसन्न रहनुहोस्

काठमाडौं । जीवनमा आफूलाई खुशी राखिराख्न तपाईं हामी जो कोहीलाई पनि तीब्र ईच्छा हुन्छ ।जो खुशीको आशामा विश्वस्त छ ,ऊ खुशीयालीको हकदार पनि हुन्छ । खुशीको स्रोत कतै बाहिर नभइ तपाइँं हामी भित्रै रहेको हुुन्छ । यो संसार ,यो प्रकृति सबैमा आनन्दै आनन्द छ । धर्ती र आकास चारैतिर प्रसन्नै प्रसन्नता फैलिएको छ । सबै प्राणी जगतका लागी भनेर नै प्रकुतिले यो आनन्द उत्पन्न गरिदिएको छ ।हामीले पनि यो सत्यलाई बुझेर जीवनका पाइला अगाडी बढाउन सक्यौ भने जीवनमा खुशी मिल्दछ ।
सधैं प्रसन्न रहनको लागि सबै भन्दा पहिला शरीर ,मन र विचारहरु स्वस्थ राख्नु आवश्यक छ भने पाप र गल्तिबाट बच्नु जरुरी छ । उच्च विचार लिइ उच्च आर्दशको जीवन जीउनाले पनि खुशी मिल्दछ । आफूलाई सधै अरुको अगाडी हँसिलो व्यक्तित्वका रुपमा उभ्याउनाले पनि आफू लगायत आफ्ना वरपर रहनेहरुलाई समेत प्रसन्नता मिल्दछ ।
त्पात्र तथा असहाय र असक्तलाई दान दिनुपर्दछ जसले बदलामा तपाईहामीलाई केही दिने इच्छा राख्न सकदैन र तपाइँ हामीले पनि कुनै अपेक्षा राख्दैनौं । यसबाट पनि आनन्द मिल्दछ ।जीवनमा आइपर्ने समस्याहरुबाट भाग्नुहुँदैन । यसको कारण पत्तालगाई समाधान गर्न पहल गर्नुपर्दछ । जीवनका घटना परिघटनालई स्विकारर्न सक्नु पर्दछ ।
निराशा र उदासीलाई आफूमा हाबी हुन दिनुहुँदैन ।अन्धविस्वास , भय र चिन्तालाई त्यागेर विस्वास , निर्भिकता र आनन्दलाई आत्मसात गर्नूपर्दछ । साथै उदासि र अति गम्भीरतालाई मनमा पटक्कै ठाउँ दिनुहुदैैन ।
प्रत्येक कठिनाइहरुमा अवसर खोज्ने बानी बसाल्नु पर्दछ । । किन की विपत्तिको कालो बादलमा पनि प्रकाशको किरण लुकेको हुन्छ । आफ्नो दृष्टि सधै शिखरमा ताकेर अगाडी बढ्ने र आफ्नो उद्देश्यलाई सधै आफ्नो आँखा अगाडी राख्ने गर्नाले कर्मको सही बाटो हिंडन मद्दत पुग्दछ र खुशी मिल्दछ ।
जे काम गर्नुछ त्यो इमान्दारीपूर्वक पूर्ण लगनशिल ठीक समयमा गर्नाले जीवनमा खुशी मिल्दछ ।
दार्शनिक अल्वर्ट हार्वडले भनेका छन् –“विहान १० बजेसम्म प्रसन्न रहनुहोस्, बाँकी दिन आफ्नो ख्याल आफैं राख्दछ ।” तपाइँ
हामी शारीरिक वा मानसिक तवरले जस्तो बन्न चाहान्छौ ,त्यस्तै नै चित्र आफ्नो मस्तिस्कमा राख्नाले इच्छा पुरा गर्न सजिलो हुन्छ जसबाट प्रसन्नता प्राप्त हुन्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #खुशी र प्रसन्नता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्