मोही अभियान अन्तर्गत नवप्रभात डेरीको मोहीपान गराइयो
काठमाण्डौ । “नेपाल पर्यटन प्रवर्द्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयक विचार गोष्ठी तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्व तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा नेपाल डेरी एशोसिएसनको संयोजनमा मोही अभियान अन्तर्गत नवप्रभात डेरीबाट उत्पादित मोही सहभागीहरूलाई पान गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विशेष रूपमा मोही हस्तान्तरण गरेका थिए।
सो अवसरमा विशिष्ट अतिथिका रूपमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, समाजसेवी एवं गैरआवासीय नेपाली अभियन्ता रुद्र शर्मा लगायतलाई समेत मोही हस्तान्तरण गरियो।
कार्यक्रममा बोल्दै एशोसिएसनका अध्यक्ष तथा मोही अभियन्ता प्रल्हाद दाहालले मोही अभियानको उद्देश्य तथा महत्वबारे जानकारी गराउँदै, मोही स्वास्थ्यका लागि लाभदायक मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउने तत्व भएको धारणा व्यक्त गरे।
प्रमुख अतिथि रेग्मीले नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने सन्दर्भमा पाककलाको भूमिका उल्लेखनीय भएको भन्दै, नेपाली परिकार तथा राष्ट्रिय उत्पादनहरूलाई प्राथमिकतामा राखेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिए।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्