सुनको भाउले नाघ्यो १ लाख ९० हजारको आँकडा, एकैदिन ३ हजार ६ सयले बढ्यो
काठमाण्डौ । बिहिबार घरेलु बजारमा सुनको मूल्यले थप नयाँ उचाई हासिल गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउले आजपनि नयाँ रेकर्ड बनाएको हो ।
यससँगै सुनको मूल्यले १ लाख ९० हजारको आँकडा पार गरेको छ ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारको कारोबारमा २७ सय रुपैयाँले बढेको सुनको भाउ प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #एकैदिन ३ हजार ६ सयले बढ्यो, #सुनको भाउले नाघ्यो १ लाख ९० हजारको आँकडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्