अखिल नेतृ पछाईले भनिन् -उदेग लाग्दो अस्थिरताको चलखेल नगर
काठमाडौँ, १४ वैशाख । अनेरास्ववियुकी नेतृ मेनका पछाईले नेकपाका नेतालाई उदेग लाग्दो अस्थिरताको चलखेल नगर्न आग्रह गरेकी छन् ।
आज सामाजिक सञ्जालमा उनले नेतालाई आआफ्नो सत्ता र शक्तिको लालस मेटाउन मात्र नभई साच्चिकै कम्युनिस्ट आन्दोलनको हितमा लाग्न आग्रह गरेकी छन् ।
उनले केही कमिकमजोरी सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि भएको हुनसक्ने भन्दै ति कमिकमजोरीलाई सच्याउदै अघि बढ्न जरुरी रहेको बताइन ।
उनले ५ बर्षको म्याण्डेट बोकेको बहुमतको प्रधानमन्त्रीको नेतृत्वको सरकारलाई दुईबर्ष नपुग्दै पार्टीभित्रबाटै किन यति चर्को चालबाज भन्दै मिलेर जान आग्रह गरेकी छन ।
उनले समाजिक सञ्जालमा लेखिकि छन् –चालबाजमा गर्दा जादा भोलि पालो तपाईहरुकै होला यस्तो अस्थिरताको चालबाजले भोलीको आफ्नो अबस्थाको पनी हेक्का राखौ होला कम्रेडहरु । बाँकी हिसाबकिताब भोली जनताले गर्नेछन र ईतिहासले समिक्षा गर्नेछ ।
उनले राजनीतिमा आफ्नो सत्ता, शक्तिको बर्चश्व कायम गर्न रणनितीक कदम र जनपक्षीय काम गर्दै सत्तालाई दिगो तुल्याइराख्न कुनै पनि राजनीतिक नेतृत्वको चरम इच्छा शक्ति हुने कुरा धु्रवसत्य कुरा नै हो भनेकी छन ।
उनले तर सत्ता र शक्ति लालसमा हामी यति धेरै लोबी हुन सक्छौ भन्ने कुरा नेपाली राजनीतिमा अहिले बिषेश गरी नेकपामा नेताहरुको नियतमा देखिन थालेको उल्लेख गरेकी छन् ।
कर्णाली प्रदेश सदस्य समेत भएकी उनले नेकपाको एउटा जिम्मेवार कार्यकर्ताको हिसाबले आ–आफ्नै बिरासत बोकेका दुईटा ठुला पार्टी र त्यसमा लामबद्ध हजारौ कार्यकर्ता र लाखौ जनताको हितका लागि नेपालमा कम्युनिस्ट आन्दोलनलाई सफल पार्न र राजनीतिक स्थायित्व कायम गर्दै समाजवादको मोडल स्थापित गर्न पार्टी एकीकरण गरेकोले त्यसै अनुसार काम गर्न आग्रह गरेकी छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #अखिल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्