नेप्सेको गतिलो बाउन्सब्याक, सबै समूहमा हरियाली
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात ३९.१३ अंकले बढेर २ हजार ६२१.८६ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले बढेर ४४०.६९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर ४ अर्ब २० करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज २३१ वटा स्क्रिप्टको मूल्य बढ्दा १२ वटाकोमा गिरावट आयो ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘अघिल्लो दिन राजनीतिक अस्थिरताको हल्लाका बारण लगानीकर्ताले आत्तिएर सेयर बेच्दा घटेको बजार आज भने बढेको छ । प्राविधिक रुपमा पनि आज बजार सपोर्ट लेभलमा रहेका कारण आज बजारले बाउन्सब्याक गरेको छ । ’
आजको बढोत्तरीलाई बजार सम्हालिन खोजेको रुपमा लिन सकिने बताउदै उनले अहिले बजार प्रवेश गर्ने उपयुक्त समय भएको दाबी गरे ।
नेपाल सेयरधनी संघका उपाध्यक्षका कमलराज अधिकारीले हिजो सुनियोजित रुपमा बजार घटाइएको आरोप लगाए । तर आज भने बजारले प्राकृतिक लय समातेको उनले बताए ।
उनको विचार अब नयाँ आउने नयाँ गभर्नर बैंकिङ क्षेत्र सुधार गर्ने र पूँजीबजारमैत्री आउने आँकलनका कारण आज बजारमा सुधार आएको हो ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । अन्य समूह आज सर्वाधिक अर्थात २.२८ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.२० प्रतिशत, विकास बैंक १.२७, फाइनान्स १.८८, होटल १.८१, हाईड्रो १.८१, लगानी १.६७, जीवन बीमा २.१४, उत्पादन तथा प्रशोधन ०.९८, लघुवित्त १.४३, म्युचुअल फण्ड ०.९७,निर्जीवन बीमा १.७९ र व्यापार समूह ०.४९ प्रतिशतले बढ्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #नेप्सेको गतिलो बाउन्सब्याक, #सबै समूहमा हरियाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्