ईश्वरलाल प्रतिष्ठानद्धारा प्रकाशित राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ विमोचन, प्रधानमन्त्रीबाट अग्रवाल र शाक्य सम्मानित
काठमाडौं, फागुन ९ – काठमाडौंको होटल याक एण्ड यति, दरबारमार्गमा आयोजित भव्य समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीसहित चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री राजेशकाजी श्रेष्ठ, ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ पुस्तक विमोचन गर्नुभएको छ। ईश्वरलाल प्रतिष्ठानद्धारा आयोजित राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ विमोचन कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष महेश्वर कुमार अग्रवाल र नेपाल महिला चेम्बरकी संस्थापक अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यलाई सम्मान समेत गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै नेपाली व्यवसायिक क्षेत्रलाई थप समृद्ध बनाउन यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकालाई सम्मान गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै भन्नुभयो, ‘नेपालको व्यवसायिक क्षेत्रमा यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकाले मात्र मुलुकको आर्थिक समृद्धिलाई गति दिन सक्छ। उद्यमशीलता, परिश्रम र इमान्दारिताको संगमले सफलता सम्भव बनाउँछ, जसको उदाहरण राजेशकाजी श्रेष्ठ हुनुहुन्छ।’
प्रधानमन्त्री ओलीले भन्नुभयो, , ‘नेपाललाई समृद्ध बनाउने हाम्रो अभियानमा उद्योग–व्यवसायको महत्त्वपूर्ण भूमिका छ। निजी क्षेत्रको विकास र योगदानलाई उचित सम्मान गर्दै यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई हौसला दिनु आवश्यक छ।’
ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठले प्रतिष्ठानले नेपालको व्यवसायिक इतिहास र व्यक्तित्वलाई उजागर गर्दै आगामी पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले जीवनी प्रकाशन गर्दै आएको बताउनुभयो। यस वर्ष राजेशकाजी श्रेष्ठको योगदानलाई कदर गर्दै उहाँको जीवनी सार्वजनिक गरिएको उहाँले उल्लेख समेत गर्नुभयो।
कार्यक्रममा ईश्वरलाल प्रतिष्ठानकातर्फबाट प्रशान्तलाल श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कृतिका लेखक बद्रि प्रसाद कोईरालाले स्वर्गीय ईश्वरलाल श्रेष्ठ र राजेशकाजी श्रेष्ठको व्यक्तित्व बारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्ष दिपक मलहोत्रा, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, स्वर्गीय ईश्वरलाल श्रेष्ठकी धर्मपत्नी पदमादेवी श्रेष्ठ एवम परिवारजनका सदस्यहरु, राजेशकाजी श्रेष्ठका परिवारजन सदस्य लगायतका उद्योगी–व्यवसायी, प्रतिष्ठानका पदाधिकारी तथा विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
पुस्तक ‘व्यक्तित्व र योगदान’मा राजेशकाजी श्रेष्ठको जीवन यात्रा, व्यवसायिक सफलताका रहस्यहरू, नेपालका उद्योग-व्यवसायमा पुर्याएको योगदान तथा उहाँको सामाजिक उत्तरदायित्वसम्बन्धी विविध पक्ष समेटिएको छ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्