झिनो अंकले बढ्यो नेप्से, ‘दीर्घकालिन लगानी बढ्दै’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात ३.१४ अंकले बढेर २ हजार ७४३.७४ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.४१ प्रतिशतले घटेर ४५७.९८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अहिले बजारमा ८–१० अर्बको कारोबार हुनुनै सकारात्मक पक्ष हो । किनकी यसले सेयर एक्युमुलेशन भएको बुझिन्छ र राष्ट्र बैंकको नीतिमा केही सहजता अपेक्षा पनि गर्न सकिन्छ । गभर्नरलाई यो अन्तिम अवसर भएकाले केही लचक नीति पनि आउन सक्ने आँकलन गर्न सकिन्छ ।’
पाठकले मुख्य कुरा नीति नै रहेको र नीतिमा लचक हुनुको विकल्प पनि नरहेकोमा जोड दिए ।
अर्का बजार जानकार प्रकाश रजौरेले हिजा आजको कारोबारले बजारमा दीर्घकालिन लगानी बढेको संकेत गरेको बताए । ‘केही बैंकहरुले सेयर कर्जाका लागि मार्केटिङ गरेको देखिन्छ । अब लगानीकर्ताहरु मिड क्याप र हाई क्यापतर्फ सर्दै गरेका छन् । अहिले बजारमा लगानीकर्ता सेक्टर रोटेशन गर्दै लगानी गरिरहेका छन् । यस कारण नयाँ गभर्नर आउदै गर्दा बजारले सहजै ३२ सयको आँकडा पार गर्नसक्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज व्यापार समूह सर्वाधिक बढ्यो। यो समूह आज ३.७७ प्रतिशतले बढेर ४ हजार ४२१ विन्दुमा पुग्यो ।
यस्तै आज जीवन बीमा समूह २.४२ प्रतिशत,निर्जीवन बीमा ०.६४ र अन्य समूह ०.५७ प्रतिशतले बढ्यो ।
उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.८१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.५५ प्रतिशत, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल ०.३१, हाईड्रो ०.७५,लगानी ०.३७,लघुवित्त ०.३० र म्युचुअल फण्ड समूह ०.४१ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #‘दीर्घकालिन लगानी बढ्दै’, #breaking, #झिनो अंकले बढ्यो नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्