खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
संखुवासभा, ४ फागुन । संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियालाई ९ नम्बरका वडाध्यक्ष विमलराज गौतमले मदिरा सेवन गरि कार्यकक्षामा नै दुब्र्यबहार गरेका छन् ।
आइतबार दिउँसो करिब ४ बजेतिर मेयर थपलियाको कार्यकक्षामा प्रवेश गरि खाँदबारी नगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष विमलराज गौतम र सोही वडाका पूर्ववडाध्यक्ष टिकाराम कुमालले मदिराले लठिएको अवस्थामा मेयरमाथि दुब्र्यबहार गरेका हुन् । मेयरको कार्यकक्षामा छिरेर मनपरी बोल्ने, होहल्ला गर्ने लगायतका विभिन्न भाषाहरु प्रयोग गर्दै कार्यकक्षामा बसिरहेको अवस्थामा हातपात गर्ने प्रयास गरेको मेयर थपलियाले बताए । उनीहरु मदिराले मातेको अवस्थामा कार्यकक्षामा छिरेको र विभिन्न खालका कुराहरु गर्न थालेपछि तपाईहरुसँग अर्को दिन फ्रेस भएको अवस्थामा कुरा गर्ने भन्दा पनि जबरजस्ती गर्दै हातपात गर्ने प्रयास गरेको मेयर थपलियाले बताए ।
मदिराले मातेको अवस्थामा मेयर थपलियालाई दुब्र्यबहार गर्न थालेपछि नगरप्रहरी र मेयरका स्वकीय सचिव गोकुल खनालले कार्यकक्षाबाट बाहिर निकाल्ने प्रयास गर्दा समेत नमानेको मेयर थपलियाको भनाइ छ । मदिराको सुरमा होहल्ला गर्ने र हातपात गर्ने प्रयास भएपछि नगर प्रहरीले सम्हाल्न नसकेपछि तुरुन्त प्रहरीलाई फोन गरेर मेयरको कार्यकक्षाबाट बाहिर निकालेका थिए ।
अहिले मदिराले मातेको गौतम र कुमाल जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा रहेका छन् । उनीहरु विरुद्ध मेयर थपलियाले उजुरी दिएका छन् । गत २०७९ को स्थानीय तहको निर्वाचनमा मेयर थपलिया नेपाली कांग्रेसबाट निर्वाचीत हुन् भने वडाध्यक्ष गौतम र कुमाल नेकपा एमालेबाट निर्वाचीत भएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #९ नम्बर वडा, #अध्यक्ष, #खाँदबारी नगरपालिका, #मेयर माथी दुर्ब्यवहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्