राजधानीको उत्तरपूर्वी भेगमा तीव्र गतिमा ‘र्यापिड टेस्ट’

राजधानीको उत्तरपूर्वी भेगका नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिए÷नफैलिएको पत्ता लगाउन तीव्र गतिमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) शुरु भएको छ । यही वैशाख १ गते कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा वडा नं ९ को सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना पोजेटिभ देखिएपछि यस क्षेत्रका तीन नगरपालिकामा तीव्र गतिमा परीक्षण शुरु भएको हो ।
तीनै जनाको राष्ट्रिय प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा भने दुई जनाको पोजेटिभ र एक जनामा नेगेटिभ देखिएको स्वास्थ्य प्रतिवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको तीन स्थानमा र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिनुभयो । नगरपालिकाको आलापोट र डाँछी स्वास्थ्य चौकी एवं मूलपानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र्यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ । हालसम्म आलापोटमा १८, थलीमा ३२ र मूलपानीमा ३६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट भएको उहाँले बताउनुभयो ।
सनसिटी अपार्टमेन्टमा केन्द्रीयस्तरबाटै २०० जनाभन्दा बढीको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैमा नेगेटिभ नै भेटिएको नगरपालिकाले जनाएको छ । विदेशबाट आएकालाई खोजी खोजी र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न थालिएको छ । यसैगरी रुघा, खोकी, ज्वरो आदि लक्षण देखिई शङ्का लागेकालाई पनि यो परीक्षण गरिने जनाइएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकाको चार ठाउँमा र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ ।
नगरपालिकाको नयाँपाटी स्वास्थ्य चौकी, गोकर्ण प्राथमिक अस्पताल, नेपाल मेडिकल कलेज र जोरापाटी चोकको याङ्ग्री अस्पतालमा गरी २४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं २ नयाँपाटीमा विदेशबाट आएका १५ जनाकै परीक्षण गर्दा नेगेटिभ देखिएको छ । यो वडामा धेरै मानिस बन्दाबन्दी शुरु भएपछि विदेशबाट आई खुलारूपमा हिँड्दा स्थानीयवासी त्रसित थिए ।
प्रारम्भिक परीक्षणमा सबैमा नेगेटिभ भेटिएपछि त्रास हटेको २ नं वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताउनुभयो । शङ्खरापुर नगरपालिकामा ३७ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । पटाप स्वास्थ्य चौकीमा दूई, नाङ्लेभारे स्वास्थ्य चौकीमा पाँच, लप्सीफेदी स्वास्थ्यचौकीमा तीन, सुषमा कोइराला मेमोरियल अस्पतालमा १९ र इन्द्रायणी प्राथमिक स्वास्थ्य केन्द्रमा आठ जनाको परीक्षण गरिएकामा सबैमा नेगेटिभ देखिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
विदेशबाट आएका सात जनाको अझै परीक्षण गर्न बाँकी रहेको सूचना आएकाले बिहीबारसम्म तिनको पनि प्रारम्भिक परीक्षण गरिने उहाँले बताउनुभयो । सनसिटी अपार्टमेन्टको घटनापछि यस क्षेत्रमा सजगतासमेत अपनाइएको नगरापालिकाले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्