कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान थालेको छ । यस बैंकको एक अर्ब रूपैयाँभन्दा बढी निक्षेप हिनामिना भएको प्रकरण बाहिरिएपछि सीआईबीले अनुसन्धान सुरू गरेको हो ।
नेपाल राष्ट्र बैंकले छानबिनका लागि जाहेरी दिएपछि यसबारे अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘कर्णाली बैंकको निक्षेप हिनामिनाबारे राष्ट्र बैंकले जाहेरी दिएको छ । यसबारे हामीले अनुसन्धान थालेका छौँ ।’
सीआईबीले बैंकका अध्यक्ष राजेन्द्रवीर राय र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० निरजविक्रम शाहलाई केन्द्रमा राखेर अनुसन्धान थालिएको छ । राष्ट्र बैंकले तयार पारेको रिपोर्टले निक्षेप हिनामिना भएको देखाएको छ ।
गत पुस १० गते राष्ट्र बैंकले यस बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापनको जिम्मा लिएको छ । हाल कर्णाली बैंकमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उप(निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह खटिएका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्