बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा
बिर्तामोड । नेपाल कै नं एक सोफा उत्पादक तथा वितरण गर्ने सोफा कम्पनी ‘सोफा हब काठमाडौँले’ आफ्नो आठौँ शाखाको रुपमा बिर्तामोडमा सञ्चालनमा ल्याएको छ। उक्त नयाँ शाखाको उद्घाटन भव्यताका साथ नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले गरेका हुन्। बिर्तामोड शाखासँगै पूर्वमा कम्पनीले उच्चस्तरीय सेवा प्रदान गर्ने र उपभोक्ताको आवश्यकता पूरा गर्ने अपेक्षा छ।
सोफा हब बिर्तामोडको उद्घाटन समारोहमा नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले सोफा हवजस्तो स्वदेशी उद्योगले गुणस्तर युक्त उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्दै स्थानीय रोजगारीका अवसरहरू सिर्जना गरेकोमा प्रशंसा व्यक्त गरे। प्रसाईले भने, “सोफा हवजस्ता उद्योगहरूले मात्र नभई, स्वदेशी उत्पादनको प्रवर्द्धनले समग्रमा मुलुकको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याउँछ।
सोफा र फर्निचरको दुनियामा ‘सोफा हब बिर्तामोड’ बिर्तामोड क्षेत्रकै सबै भन्दा ठुलो सोरुम भएको सोफा कम्पनी भएको छ। तीन तल्ले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरु प्रदर्शनमा राखिएका छन्। पहिलो र दोस्रो तल्लामा विभिन्न डिजाइनका सस्ता देखी महंगा सोफाहरु रखिएको छ भने तेश्रो तल्लामा फर्निचरका सामान जस्तै बेड, दराज, डाइनिङ्ग टेबल, ड्रेसिङ टेबल, टि भी सो केस लगायतका सामान रखिएको छ।
सोफा हब काठमाडौँ तथा सोफा उत्पादक संघको अध्यक्ष रहेका तारालाल धरेलले सोफा हब काठमाडौँका हरेक शाखामा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख भन्दा माथि रोयल सोफा र फर्निचरका सामानसम्म उपलब्ध रहेको जानकारी दिए। कम्पनीले १० वर्षको वारेन्टी, शाखा भएको ५० किलोमिटर भित्र निःशुल्क डेलिभरी, र पुरानो सोफाको सट्टापट्टा सुविधा जस्ता आकर्षक सेवा प्रदान गर्दै आएको छ।
सोफा हब काठमाडौँले नेपालमा नै आफैले उत्पादन गरेको सोफा र फर्निचरका सामानहरु आफ्ना शाखामा उपलब्ध गराउदै आएको छ। कम्पनीका अध्यक्ष तारालाल धरेलका अनुसार ‘कम लागत र कम नाफा तर धेरै बिक्रीको रणनीतिले नेपालभरी ग्राहकहरूको मन जित्न सफल भएको छ।
काठमाडौँको गोठाटार हाइटमा प्रधान कार्यालय रहेको कम्पनीको काठमाडौँमा गोठाटार, सामाखुसी र कलंकी गरी तिन वटा, चितवनमा २ वटा, पोखरामा एउटा, नेपालगन्जमा एउटा र बिर्तामोडमा १ गरी जम्मा ८ वटा शाखा संचालनमा छन्। सोफा हवले आफ्नै उत्पादनशालाबाट सोफा र फर्निचरका सामान उत्पादन गरी सुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ भने काठमाडौँको कलंकीमा ‘सोफा हब काठमाडौँ’को रोयल सोफा तथा फर्निचरको सोरुम रहेको छ।
सोफा र फर्निचरको दुनियामा आफ्नो स्थान मजबुत बनाउँदै आएको सोफा हब काठमाडौँले १६८ जनालाई प्रत्यक्ष रोजगार र १,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिएको छ भने आगामी दिनमा अन्य क्षेत्रहरूमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको छ। सोफा हब काठमाडौँले आफुले उत्पादन गरेको सामान देश भरी नै डेलिभरी दिदै आएको छ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्