हुम्लामा हिमपात
हुम्ला, माघ ३ गते । हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु भएको हो ।
बिहानबाट जिल्लाभर हिमपात भएको सिमकोट गाउँपालिका(५ का लोकेन्द्र रावतले जानकारी दिनुभयो । बिहानभरि आकाशमा बादल लागेर हिमपात भएको उहाँले बताउनुभयो । सिमकोटमा परेको हिउँ जमिनमा जम्न सुरु भएको छ भने चिसो बढेको उहाँले बताउनुभयो ।
त्यसैगरि नाम्खा गाउँपालिकाका सबै वडामा पनि हिमपात सुरु भएको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । लिमीमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।
हिउँ पर्ने क्रम जारी रहेको बताउँदै उहाँले अग्ला स्थान न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउ परि हेको बताउनुभयो । हिउँ परि रहेको कारण चिसो निक्कै बढेको छ । यो हिमपात पाँचौ पटक हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #हुम्लामा हिमपात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्