डिजिटलको तेस्रो साधारण सभा, वार्षिकोत्सव तथा डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्सको उद्घाटन सम्पन्न
डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूको तेस्रो साधारण सभा, तेस्रो वार्षिकोत्सव तथा यस सहकारीमार्फत सञ्चालनमा आएको उद्योग डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स, कीर्तिपुर, काठमाडौं को औपचारिक उद्घाटन माननीय कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रम डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूका अध्यक्ष दीपक चन्द्र गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व खेलकुद मन्त्री तथा काठमाडौं क्षेत्र नं. ८ का सांसद बिराजभक्त श्रेष्ठ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का उपाध्यक्ष तथा युनाइटेड नेचर इन्टरनेशनल पिसका अध्यक्ष भिक्षु डा. राजु लामा (कोन्दन), वरिष्ठ चिकित्सक तथा समाजसेवी प्रा. डा. बुलन्द थापा, सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष तथा वरिष्ठ समाजसेवी हरिगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, कीर्तिपुर नगरपालिकाका वडा नं. २ का अध्यक्ष ई. रुपेश डंगोल, मानव अधिकार संगठनका विभाग प्रमुख रबिन सिंह बस्नेत, संस्थाका प्रमुख सल्लाहकार ध्रुव चन्द्र गौतम र वरिष्ठ सल्लाहकार शंकर अर्याल लगायतको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूका अध्यक्ष दीपक चन्द्र गौतमले प्रमुख अतिथि, विशिष्ट अतिथि र शेयर सदस्यहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सांसद बिराज भक्त श्रेष्ठज्यूले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको उद्योग स्थापना गर्न सफल भएकोमा बधाई र शुभकामना दिनुभएको थियो।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गत समिति उपाध्यक्ष भिक्षु डा. राजु लामा (कोन्दन) र प्रा. डा. बुलन्द थापाले आफ्नो मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि माननीय कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीज्यूले डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स नेपाली किसानको हकहितका लागि सञ्चालनमा ल्याइएको उद्योग भएकोले यस उद्योगलाई मन्त्रालयबाट आवश्यक सहयोग पुर्याउने प्रतिवद्धता जनाउनुभएको थियो।
कार्यक्रममा सचिव अशोक खनाल, उच्च व्यवस्थापन समिति संयोजक वासुदेव न्यौपाने, लेखा सुपरीवेक्षण समिति संयोजक रमेश चन्द्र गौतम र कोषाध्यक्ष युदेश सिंह महर्जनले आ–आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो। कार्यक्रममा संस्थाका शेयर सदस्य गायत्री घिमिरेले कविता वाचन गर्नुभएको थियो भने सदस्य बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन सचिव अशोक खनालले गर्नुभएको थियो। साथै, डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स, कीर्तिपुर, काठमाडौं मा उत्पादित विभिन्न परिकारहरूको स्टलसमेत राखिएको थियो।


क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्