दोस्रो तीनपोखरी कपको उपाधी झापाको चुलाचुलीलाई

खाँदबारी । झापाको चुलाचुली क्लबले खाँदबारीमा सम्पन्न दोस्रो तीनपोखरी आमन्त्रीत कप फुटवलको उपाधी जितेको छ । खाँदबारी रंगशालामा मंगलबार भएको फाईनल खेलमा चुलाचुलीले आयोजक तीनपोखरीलाई २–१ गोलले हरायो । पहिलो हाफको १० औ मिनेटमा तीनपोखरीका खेलाडीले डि एरियामा फल गरेपछि पेनाल्टी सुटआउटबाट चुलाचुलीका तीर्थ बस्नेतले गोल गरेर अग्रता दिलाएका थिए ।
दोश्रो हाफको ७ औ मिनेटमा तीनपोखरीका तर्फबाट मिक्सनल लिम्बुले गोल गरेपछि खेल बराबरीमा आएको थियो । १४ औ मिनेटमा निश्चल बस्नेतले गरेको गोल चुलाचुलीका लागि निर्णायक बनेको थियो ।
बिजेता संगै चुलाचुलीले २ लख २५ हजार पुरस्कार पाएको छ । उपविजेता बनेको आयोजक तीनपोखरी क्लबले १ लाख १० हजारमा चित्त बुझाएको छ । सेमिफाईनलमा पुगकेको एपीएफ कोशी प्रदेश र मोरङको बुल्स ११ ले २५ हजार पुरस्कार पाएको छ ।
प्रतियोगितामा तीनपोखरी क्लबका अभिशेषकुमार खड्का उत्कृष्ट खेलाडी घोसित भए । उत्कृष्ट गोलरक्षक चुलाचुलीका मुस्कान लिम्बु र चुलाचुलीका तीर्थबस्नेतले हाईस्कोरर घोसित भए । माघ २६ देखि चलेको प्रतियोगितामा ८ टिम सहभागी थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #उपाधी, #खादबारी, #झापा चुलाचुली, #तिनपोखरी कप, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्