रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण

युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसीे वायु सेनालाई सेवा प्रदान गर्ने रूसी तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको बुधबार जनाएको छ । क्रेमलिनले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन वर्षपछि मस्को र किएभले ऊर्जा र सैन्य केन्द्रहरूलाई लक्षित गरी सीमापार आक्रमण गरेको शृङ्खलाको यो पछिल्लो आक्रमण हो ।
“युक्रेनी सेनाले सारातोभ क्षेत्रमा रहेको एंगेल्सस्थित रूसी तेल डिपोमा आक्रमण गरेको छ,” युक्रेनी जनरल स्टाफले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
“यो तेल डिपोले एङ्गेल्स–२ सैन्य हवाई क्षेत्रलाई इन्धन प्रदान गरेको छ, जहाँ रूसी शत्रुको रणनीतिक उड्डयन रहेको छ,” विज्ञप्तिमा भनिएको छ ।
रूसी अधिकारीहरूले यसअघिको वक्तव्यमा युक्रेनले मानवरहित हवाई वाहनले उक्त क्षेत्रमा आक्रमण गरेको स्वीकारेका थिए ।
युक्रेनको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सारातोभ क्षेत्रमा ११ सहित ३२ वटा युक्रेनी ड्रोनलाई खसालेको जनाएको छ ।
यस क्षेत्रका गभर्नर रोमन बुसार्गिनले युक्रेनी ड्रोन आक्रमणपछि आगलागी भएको स्थानमा आपतकालीन टोली पठाइएको जानकारी दिनुभयो । आक्रमणमा कोही पनि घाइते नभएको बुसार्गिनले बताउनुभयो ।
किएभले युक्रेनमा लडिरहेका रूसी सेनालाई आर्थिक सहयोग गर्न प्रयोग हुने रुसी ऊर्जा राजस्वमा कमी ल्याउने प्रयासको एक हिस्सा तेल प्रशोधन केन्द्रमा यसअघिका आक्रमणहरू भएको दाबी गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्