आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम परिवर्तित जयकुमार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत मङ्सिर २१ गते बेलुका नाबालिका घरमै एक्लै सुतिरहेकोे अवस्थामा पटक पटक ओछ्यानमा जबरजस्ती समाती जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित नाबालिकाको आमाले दिएको जाहेरीको आधारमा आरोपीलाई सोमबार लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परे लगत्तै निजलाई हाड नातामा जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा सोमबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आफनै बाबु र छोरी भएकाले पालिकाको नाम र स्थायी ठेगान तथा नाम गोप्य राखिएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्