बालकोटमा ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा लि को भव्य उद्घाटन, स्वदेशी उत्पादनमा नयाँ पहल

काठमाडौं। ‘ओडिएको पुष्टी, स्वाद र सन्तुष्टि’ भन्ने नारासहित भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा लि को भव्य उद्घाटन गरिएको छ।
बुधबार आयोजित समारोहमा भक्तपुर क्षेत्र नं। २ का संघीय सांसद दुर्लभ थापाले उद्योगको उद्घाटन गर्दै स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्धनमा उद्योगले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
उद्योगका अध्यक्ष दीपप्रसाद धमलाको नेतृत्वमा स्थापना गरिएको यस डेरीले दूधजन्य पदार्थहरूको उत्पादन र बजारीकरणलाई लक्षित गर्दै सञ्चालनमा आएको हो। अध्यक्ष धमलाले उद्योगबाट दैनिक ५,००० लिटर दूध खपत हुने र १०–१५ जनाले प्रत्यक्ष रोजगारी पाउने जानकारी गराए। साथै, उद्योगले ग्रामीण क्षेत्रमा दैनिक ३ लाख ५० हजार रुपैयाँको नगद कारोबार प्रवाह गर्ने अपेक्षा राखिएको छ।
बहुआयामिक उत्पादन र नवाचार
डेरी उद्योगले दूध, दही, पनिर, बटर, घिउ, खुवा, रसभरी, लालमोहन, आइसक्रिम, कुल्फी, भुजिया, पनिर मःम, गुदपाक, पुष्टकारीजस्ता उत्पादनहरू बजारमा ल्याउने लक्ष्य राखेको छ।
‘स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै स्वदेशी अर्थतन्त्र बलियो बनाउन उद्योग प्रतिबद्ध छ’ अध्यक्ष धमलाले भने।
अतिथिहरूको मन्तव्य
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नवप्रवर्तनकारी उत्पादनका कारण उद्योगले बजारमा फरक पहिचान बनाउने विश्वास व्यक्त गरे।
राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा राजेन्द्र यादवले उद्योग स्थापनामा सञ्चालक धमलाको अनुभव र सुझबुझको प्रशंसा गर्दै बोर्डको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।
सूर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष प्रतित कार्कीले उद्योगलाई आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै स्थानीय अर्थतन्त्र र रोजगारीमा उद्योगको योगदान महत्वपूर्ण हुने धारणा राखे।
‘परम्परागत उत्पादनबाट बाहिर निस्केर विविधिकृत उत्पादनमा जाने यो उद्योगको निर्णय प्रशंसनीय छ’ पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले भने ।
समारोहको विशेष आकर्षण
कार्यक्रमको प्रारम्भ बालबालिकालाई दूध सेवन गराउँदै गरिएको थियो। साथै, अतिथिहरूलाई उद्योगबाट उत्पादित घिउ, लालमोहन, र पनिर उपहारस्वरूप प्रदान गरिएको थियो। खुवाबाट बनाइएको विशेष केकले कार्यक्रमको आकर्षण थपेको थियो।
संघीय सांसद थापाले उद्योग प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै कार्यक्रमलाई समापन गरे।
स्वदेशी उद्योगको प्रेरक पहल
यस डेरी उद्योगले स्वदेशी युवालाई प्रेरणा दिने, स्वदेशी उत्पादनको खपत बढाउने र देशको अर्थतन्त्र मजबुत बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका पदाधिकारी, दुग्ध किसान, उद्योगी, पत्रकार तथा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्