आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो भाउ ?
काठमाडौँ, पुस १८ गते । घरेलु बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य आज २५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #आज पनि बढ्यो सुनको मूल्य, #प्रतितोला कति पुग्यो भाउ ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्