भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो ।
९२ वर्षीय उनको बिहीबार भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । भारतमा नरेन्द्र मोदी सत्ता आउनु अगाडिका प्रधानमन्त्री तथा भारतीय कङ्ग्रेस नेता सिंह आजै बिरामी भएर अस्पताल भर्ना भएका थिए । ३३ वर्ष राज्यसभामा रहेका उनले यसैसाल बिदा लिएका थिए ।
यस्तै अस्पतालले पनि भारतीय समय अनुसार बिहीबार राति ९ः५१ मा मृत्यु घोषणा गरेको जानकारी सार्वजनिक गरेको छ । आजै होस गुमाएर अस्पताल भर्ना गरिएका सिंहको बुढ्यौलीको समयमा देखिने समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंह सामान्य परिवारबाट आएर सफलता पाएको भन्दै सामाजिक सन्जालबाट श्रध्दाञ्जली दिएका छन । तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाब मिलान हुने राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्