तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोडर्न रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरिदिएको हो ।
नमस्ते रेमिट नयाँ बानेश्वरमा रहेको थियो भने मोडर्न कमलपोखरी र भाटभटेनी कान्तिपथमा रहेको छ । यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ ९प्रथम संशोधनसहित० को विनियम(१३ को उप(विनियम ९५० बमोजिम खारेज गरिएको हो ।
यी कम्पनीहरुसंग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन ९विप्रेषणसँग सम्बन्धित कारोबार मात्र० रकम बाँकी भए ३५ दिनभित्र लिखितरुपमा दाबी पेश गर्न समेत आग्रह गरिएको छ ।
तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा कम्पनीहरूको बैंक जमानत फुकुवा हुने ब्यहोरा समेत राष्ट्र बैंकले जनाएको छ ।
यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाब मिलान हुने राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्