भीम रावललाई प्रश्न- वामदेव गौतमपछि तपाईं पनि एकीकृत समाजवादीमा प्रवेश गर्दै हो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको गत साता बसेको स्थायी कमिटी बैठकले पार्टीसँग संवादमा रहेका नेताहरुलाई भित्र्याउने औपचारिक निर्णय गर्यो । त्यसका लागि अध्यक्ष माधव नेपाल आफैं खटिएर एमालेका पूर्वउपाध्यक्षसमेत रहेका वामदेव गौतमसँग संवाद गरे ।
नेता गौमत नेकपा एसमा जाने निर्णय भएपछि एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा जाने चर्चा चल्न थालेको छ । यद्यपि यो हल्ला अहिलेमात्रै चलेको होइन ।
वामदेव गौतम एकीकृत समाजवादीमा जाने भएपछि तपाईंको पनि चर्चा छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘म अहिले कहीँ पनि जान्न । मेरोबारेमा गरिएको हल्लामा कुनै सत्यता छैन । म एमालेमै रहन्छु मेरो सदस्यता एमालेमै छ।’
उनले एकीकृत समाजवादीमा जाँदैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको दाबी गरे ।
अहिले एकीकृत समाजवादीका नेताहरुसँग संवादमा हुनुहुन्छ त भन्ने प्रश्नमा उनले थपे, ‘छैन, उहाँहरुले महाधिवेशन गर्नुअघि र महाधिवेशनपछि पनि लगत्तै मसँग कुरा गर्नुभएको थियो, तर अहिले छैन ।’
नेता रावलले महाधिवेशनअघि नेकपा एसका नेताहरुसँग राजनीतिक र वैचारिक विषयमा कुराकानी भएको बताए ।
उनले थपे, ‘उहाँहरुले पार्टीमा आउनुपर्यो भनेर पनि कुराकानी गर्नुभएको हो, तर त्यसपछि कुनै कुरा भएको पनि छैन । मेरो अहिले एमाले छाडेर जाने सोचविचार छैन ।’
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #भीम रावललाई प्रश्न- वामदेव गौतमपछि तपाईं पनि एकीकृत समाजवादीमा प्रवेश गर्दै हो ?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्