नेप्सेमा उछाल, ७० अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अङ्कले बढेर एक हजार ५०० माथिको विन्दुमा पुगेको हो । लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुप¥यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाव पर्न गयो ।
सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनु परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस टे«न्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो । यस्ते सेन्सेटिभ परिसूचक १७.०७ ले वृद्धि भई ३१७.५० मा पुग्यो । कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर रु तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका सबै १२ उपसमूहको शेयर नै आज उकालो लागे ।
बैंकिङ ८६.०१, व्यापार ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, जलविद्युत् ३३.७५, वित्त २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादन ३८.६२, अन्य २४.६३, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६ र सामूहिक लगानी कोष ०.२८ ले वृद्धि भयो ।
कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह््यो । सो बैंकको मात्रै रु १२ करोड ५६ लाख २१ हजार ७६६ बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड ८२ लाख ६४ हजार २०६, शिखर इन्स्योरेन्स रु १० करोड ३७ लाख ४१ हजार २८१, हिमालयन डिस्टिलरी रु १० करोड ३४ लाख छ हजार १३८, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु नौ करोड ८२ लाख एक हजार ७६८, नागरिक लगानी कोष रु नौ करोड ७० लाख २८ हजार २०१ र प्रभु बैंकको रु नौ करोड ४६ लाख ३० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९६, एनएमबी बैंक ९.९३, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.९१, मेगा बैंक ९.९१, आरएसडिसी लघुवित्त वित्तीय संस्था ९.८९ र एभरेष्ट बैंकका शेयरधनीले ९.८९ प्रतिशतले कमाए । त्यस्तै तारागाउँ रिजेन्सी होटल ५.६८, वरुण हाइड्रोपावर ५.०५, पञ्चकन्या माई हाइड्रोपावर चार, नेशनल हाइड्रोपावर ३.१२, जोशी हाइड्रोपावर ३.०७ र ओरियन्टल होटलका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए ।
क्याटेगोरी : अर्थ
ट्याग : #नेप्सेमा उछाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्