फिलिपिन्समा ज्वालामुखी विस्फोट
फिलिपिन्स, मङ्सिर २४ गते । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीका कारण आकासमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ ।
नेग्रोसको टापुमा समुद्र सतहबाट दुई हजार ४०० मिटरभन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थानमध्ये एक एक हो ।
‘फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजी’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय समयअनुसार अपराह्न ३ : ०३ बजे ज्वालामुखी विष्फोट भएको हो।
“सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी बिस्फोट भएको पहाडबाट छ किलोमिटरको क्षेत्र खाली गर्न सल्लाह दिइएको छ र गतिविधि आवश्यक भएमा थप टाढा जान तयार रहनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
ज्वालामुखीको दक्षिणपश्चिम क्षेत्रमा रहेको ला कास्टेलाना सहरका चार वटा उच्च पहाडी गाउँहरूमा ‘उद्धार कार्य’ जारी छ, नगर प्रहरी अधिकारी सर्जेन्ट रोनेल अरेभालोले एएफपीसँग बताउनुभयो ।
“पछिल्ला केही दिनयता हामीले ज्वालामुखीबाट कालो धुवाँ निस्केको देखेका छौँ । यो हप्ता कुनै पनि समयमा विस्फोट हुने हामीले अनुमान गरेका थियौँ,” उहाँले एएफपीलाई फोनमार्फत् दिएको जानकारीमा बताउनुभयो ।
गत सेप्टेम्बरमा ज्वालामुखीले एकै दिनमा हजारौँ टन हानिकारक ग्याँस फ्याँकेपछि आसपासका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
भूकम्प मापन कार्यालयका अनुसार सन् १८६६ यता कान्लाओनमा ४० पटकभन्दा बढी ज्वालामुखी विस्फोट भएको छ । सन् १९९६ मा ज्वालामुखीबाट निस्केको खरानीका कारण तीन जना पर्वतारोहीको मृत्यु भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #फिलिपिन्समा ज्वालामुखी विस्फोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्