नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने बढ्यो
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २४.९७ अंकले घटेर २ हजार ७५०.८७ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ४६९.०३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएको थियो । यस हिसाबले आज कारोबारमा सुधार आएको देखिएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘आज बजार घटेता पनि समग्रमा भने बढ्ने नै हो । ठूला दल मिलेर सरकार बनेकाले राजनीतिक स्थरिता कायम छ, ब्याजदर घट्दो छ र तरलता फालाफाल छ । यही कारण बजारले यतिबेला बेस क्याम्पमा शक्ति सञ्चय गर्दैछ ।’
त्यस्तै नेपाल सेयरधनी संघका निवर्तमान अध्यक्ष नानीबाबु खरेलले पनि गभर्नर र सरकारले पूँजी बजारका बारेमा राम्रो सन्देश दिन नसक्दा बजारले अपेक्षा अनुरुप गति लिन नसकेको बताए । ‘राष्ट्र बैंकले सुर्कलरमार्फत बैंकले बीमा कम्पनी र बीमाले बैंकको सेयर खरिद गर्न पाउने एउटा मात्रै व्यवस्था गरे बजारले नयाँ उचाई चुम्नेछ । यसका साथै सेबोनका नवनियुक्त अध्यक्षले पनि पूँजी बजारको विकासका लागि सकारात्मक सन्देश प्रवाह हुनेगरी काम थालेमा बजारमा थप आकर्षण देखिनेछ।’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज हाईड्रो समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.५९ प्रतिशतले बढेर ३ हजार ६४८.१६ विन्दुमा पुग्यो ।
यस्तै उत्पादन तथा प्रशोधन ०.१४ र लघुवित्त ०.१२ प्रतिशतले बढ्यो ।
आज व्यापार समूह सर्वाधिक अर्थात ८.७२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३४ प्रतिशत,विकास बैंक १.९४,वित्त १.२४,होटल ०.४०,लगानी ०.०२,जीवन बीमा १.५०,म्युअुचल फण्ड ०.३४,निर्जीवन बीमा ०.३३ र अन्य ०.७४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन जोशी हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ३० लाख बढीको कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ५६ लाख,आँखुखोला जलविद्युतको २६ करोड ७९ लाख,सानिमा माई हाईड्रोको १८ करोड ७६ लाख र रसुवागढी हाईड्रोपावरको १७ करोड ९२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज खानीखोला हाईड्रोपावर,जोशी हाईड्रोपावर,रिभर फल्स पावर र इङुग्वा हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै आज स्वाभिमान लघुवित्तको सेयरमूल्य ९.४१ प्रतिशत,अपर हेवाखोलाको ८.७८ र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य ८.३८ प्रतिशतले बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । एलआईसी नेपालको सेयरमूल्य पनि १० प्रतिशत,विशाल बजारको ९.१७ र नेपाल फाइनान्सको सेयरमूल्य ५.०१ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #कारोबार भने बढ्यो, #नेप्सेमा दोहोरो अंकको गिरावट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्