नागार्जुनको अपार्टमेन्टमा कोरोना भाइरसको कारण चीनबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई राख्ने तयारी
काठमाडौँ । सरकारले चीनबाट नेपाल फर्कन चाहने नेपालीहरुको उद्धार गरेर ल्याउने नागरिकहरुलाई काठमाडौँको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणस्थित अपार्टमेन्टमा राख्ने तयारी गरेको छ।
इचंगुनारायणमा रहेका दुई अपार्टमेन्टमा एक सयभन्दा बढी फ्ल्याट रहेका छन् । ती फ्ल्याटहरुमा चीनबाट आउने नागरिकहरु राखेर काेराेना भाइरस भएको या नभएको भन्ने जानकारी यकिन गर्नको लागि राख्न लागिएको हो ।
नेपाल फर्कन चाहने नागरिकहरुको फर्म बेइजिङस्थित नेपाली राजदूतावासले संकलन गरिसकेको छ ।
अपार्टमेन्टमा सुरक्षित अवस्थामा राख्ने व्यवस्था मिलाउन सरकारले नेपाली सेनालाई जिम्मेवारी दिन लागेको छ।
इचंगुनारायणस्थित अपार्टमेन्ट व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिन लागिएको बताइएको छ ।
चीनमा मात्रै कोरोनाभाइरसको कारण ३६० जनाको ज्यान गइसकेको अवस्थामा सरकारले नेपाली नागरिकहरुको उद्धार गर्न लागेको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #काेराेना भाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्