वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लबाट गल्याङ चेम्बर अफ कमर्सद्वारा आयोजित कृषि, पर्यटन, सांस्कृतिक तथा ब्यापार महोत्सबको समुद्घाटन
गल्याङ माघ । नेपाल चेम्बर अफकमर्सका वरिष्ठ उपाध्यक्ष तथा गल्याङ चेम्बर अफ कमर्सद्वारा आयोजित कृषि, पर्यटन, सास्कृतिक तथा ब्यापार महोत्सब २०७६ का प्रमुखअतिथि राजेन्द्र मल्लले कार्यक्रमको समुद्घाटन गर्दै नेपालमा आर्थिक उन्नतीका लागि कृषि, पर्यटन र जलबिद्युत पुर्वाधारमा लगानी आवश्यक रहेको बताउदै स्याङजा जिल्ला कृषिको लागि उपयुक्त स्थान भएको हुदा सिंचाईको उचित प्रबन्ध गर्नु आवश्यक रहेको बताए ।
दुई तिहाई जनसंख्या कृषिमा आधारित रहेको हुदाँ देशलाई आवश्यक पर्ने करिव चालिस लाख टन चामलमा तिस लाख टनमात्र उत्पादन भईरहेकोमा यसमा आत्मनिर्भर हुने गरी कार्य गर्नु पर्ने आबश्यकता रहेको औंल्याए । साथ,ै मल्लले स्याङजामा कृषिको लागि आवश्यक माटो परिक्षण, कृषि विशेषज्ञको सेवा, कृषि कलेजको स्थापना, सहुलियतपुर्ण पाँच प्रतिशत दरमा कृषि ऋणको सहज उपलब्धता तथा उत्पादनमुखि कानुनि सुधारमा तत्काल जोड दिनु पर्ने बताए ।
उक्त अवसरमा गल्याङ नगरपालिकाका उपमेयर तथा कार्यक्रमका बिशेष अतिथि देवीसरा थापाले गल्याङमा चेम्बरको स्थापनाले नगरको विकास कार्यमा सहयोगि भुमिका निर्वाह हुने विश्वास व्यक्त गरिन् । गल्याङ चेम्बर अफकमर्सका अध्यक्ष तथा कार्यक्रमका सभापति गंगा प्रसाद श्रेष्ठले चेम्बरले गरेका कार्यक्रमहरु र भावी कार्यक्रमबारे जानकारी दिदै यस महोत्सवले स्थानीय स्तरका उद्यमीले उत्पादन गरेका मालवस्तुको बजारीकरणको अवसर प्राप्त हुने र यसबाट उद्यमीहरुमा थप प्रेरणा र उत्साह आउने बताए ।
करिव एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवमा कृषि, पर्यटन, संस्कृती, ब्यापारीक गरि करिव एक सय पचास स्टल रहेको छ ।
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्यद्वय यदुनाथ अधिकारी, भाइचन्द्र श्रेष्ठ र छिमेकी जिल्ला चेम्बरहरुका अध्यक्ष, पदाधिकारी प्रतिनिधिहरु, नेपाल सरकारका स्थानिय निकायका प्रतिनिधिहरु, उद्यमी ब्यावसायी एवं उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #राजेन्द्र मल्ल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्