Techie IT
शनिबार, असार ७,२०८२

नेप्से परिसूचकमा लगातार गिरावट


काठमाडौँ, असोज २ गते । यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो ।

आज तीन सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता शेयर ८० हजार तीन सय ७८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौ सय ६१ को कारोबार भएको छ । आज बैङ्किङ समूह शून्य दशमलव ७६ र निर्जीवन बिमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव शून्य आठ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रहेको छ । यो सात दशमलव ६७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख आठ हजार पाँच सय ८४ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको पाँच लाख सात हजार दुई सय ७० कित्ता शेयर किनबेच भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #नेप्से परिसूचकमा लगातार गिरावट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545