तारकेश्वर सडकको नाजुक अवस्था र भ्रष्टाचार बिरूद्द कांग्रेसको आन्दोलन
तारकेश्वर काठमाडौ । लामबगर धर्मस्थली , नेपालटार , काभ्रेस्थली , साङ्गला लगायतका स्थानहरुमा सडक विस्तारको नाममा बाटो भत्काएर त्यतिकै छाडेपछि तारकेश्वर नगरपालीकाको अधिकाम्शं सडक यतिबेला अस्तव्यस्त भएको छ।
तारकेश्वर नगरपालिकाको लापरबाहीको कारण यतिबेला सडक यतिबेला बाँउसे गरेर धान रोप्न ठिक्क पारेको खेत जस्तै भएको छ । जसका कारण सवारी साधन मात्र होइन सडकमा पाइला टेक्ने ठाँउ सम्म भेटाउदैनन पैदल यात्री ।

चुनावी बेलामा चर्का बिकाशका नारा लगाएर नथाकेका तारकेश्वरका जनप्रतिनिधिहरु अहिले निरिह रहेको जनताको तिब्र आक्रोश रहेको छ ।
तारकेश्वर नगरपालिका भित्रका सडकहरुमा पैदलयात्रीहरु समेत हिडडुल गर्न नसक्ने अबस्था हुँदा पनी तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु निरिह भएको भन्दै आइतवार नेपाली काँग्रेसले तारकेश्वर नगरपालिकामा ध्यानाकर्षण गराउनुको साथै ज्ञापनपत्र बुझाएको छ ।
सफा सडक हिडून पाउने जनताको अधिकार सुनिश्चित गर
नगरभित्रका सडकहरु हिलो र धुलो मुक्त गर
भन्ने मूल नाराका साथ प्रर्दशनी गरेको नेता बिष्णु भतm तिमिल्सिनाले बताए ।
जनताको आशा अनुरुप काम नगरी भ्रष्टाचार मा लिप्त भएको कारण नेपाली कांग्रेस तारकेश्वर नगर कार्य समितिको आयोजनामा नगरपालिका को कार्यकाल धेराउ गरि भ्रष्टाचार बिरूध्द बिरोध प्रदर्शन गरेको अर्को कांग्रेसका नेता मनोज राणले बताए ।
राजधानी काठमाडौ बाट केही किलोमिटरको दुरमा रहेको तारकेश्वर नगरपालिका बिकाशको दृष्टिकोणले निकै पछाडी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्