सभापोखरी गाउँपालिकाका अध्यक्ष माथी खुकुरी आक्रमणको प्रयास (विज्ञप्ति सहित)
सभापोखरी गाउँपालिकाका अध्यक्ष माथी खुकुरी आक्रमणको प्रयास
खाँदबारी । पछिल्लो केहि दिनदेखि यता सभापोखरी गाउँपालिकाको एक घटना सामाजिक सञ्जालमा चर्चामा छ । एक महिलालाई दुब्यवहार गरेको भनिएको घटनालाई लिएर गाउँपालिका अध्यक्ष बिवादमा तानिएका छन् ।
उक्त विषयलाई लिएर पालिका अध्यक्ष भिम बहादुर लिम्बुले विज्ञप्ती जारी गरि वास्तविक घटनाको जानकारी गराएका छन् । सभापोखरी गाउँपालिका वडा नम्बर ६ को नयाँबस्तिमा विद्युत प्रसारण लाईन विस्तार हुँदै गरेको र तार जोड्ने क्रममा बिवाद भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय टोल विकास संस्थाको समन्वयमा तार जोड्ने क्रममा सुरु भएको बिवाद समाधानको लागि समन्वय गर्ने क्रममा स्थानीय सोमकुमारी राईले अध्यक्ष लिम्बुलाई खुकुरी प्रहार गर्न लागेपछि उक्त खुकुरी खोस्ने काम गरेको विज्ञप्तिमा भनिएको छ । राईले प्रहार गर्न प्रयोग गरेको ३ वटा खुकुरी मध्ये १ वटा खुकुरी बाह्रविसे प्रहरी चौकीमा रहेको र २ वटा आफैसँग रहेको अध्यक्ष लिम्बुले जानकारी दिएका छन् ।
उक्त घटना आफुले सामान्य रुपमा लिएपनि पछिल्लो समय अतिरञ्जित गरि राजनितिकरण गरिएपछि आफुले विज्ञप्ति जारी गर्नु परेको अध्यक्ष लिम्बुको भनाई छ । घटनाको पुरा भिडियो सार्वजनिक नगरि सुनियोजित ढंगले छोटो टुक्रा मात्र बनाएर भ्रम फैलाई चरित्र हत्या गर्न खोजिएको अध्यक्ष लिम्बुले बताएका छन् ।
यसरी नियोजित तरिकाले चरित्र हत्या गर्दै गए जनप्रतिनिधीहरुबाट विकासको अपेक्षा र सुरक्षाको बारेमा प्रश्न पनि गरेका छन् । यस्ता सुनियोजित घटनाबाट आफु विचलित नभई पालिकावासीको सेवामा कर्मनिष्ठ भएर लागिरहने समेत विज्ञप्तीमा भनिएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #अध्यक्ष माथी आक्रमण प्रयास, #संखुवासभा, #सभापोखरी गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्