Techie IT
बिहीबार, असार १९,२०८२

कबड्डी प्रतियोगिता जितेका खेलाडी सम्मानित


संवाददाता, भक्तपुर
अषाढ, बिहिवार


चाँगुनारायण
नगरपालिकाले कबड्डी प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान गरेको चाँगुनारायण नगरपालिकाले बिहीबार नगरपालिकाको आफ्नै हलमा आयोजित एक कार्यक्रममा काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका कुन्ता बेशीमा आयोजित एस्. . . अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उपाधी जितेका कबड्डी खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार प्रदान गरेको हो

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जिवन खत्रीले कबड्डी टिमका विजेता खेलाडीहरुलाई दोसल्ला कदर पत्रसहित सम्मान गर्नुभएको थियो ।सम्मानपछि कबड्डी टिमका प्रशिक्षक प्रदीप ढकालले नगरपालिकाले गरेको सम्मानबाट आफूहरुलाई झनै उत्साही बनाएको बताउनु भयो

कार्यक्रममा मेयर जिवन खत्रीले खेलाडीले नगरपालिकाको मान शान बढाउने काम गरेका उल्लेख गर्नुभयो उहाँले नगर भित्रको  खेलकुद क्षेत्रको विकास, विस्तार समृद्धिका लागि आवश्यक पूर्वाधार विकासको कामलाई प्राथमिकताका साथ अघि बढाउनेप्रतिवद्धता पनि दोहोर्याउनु भयो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमागाईं, नगर खेलकूद समितिका अध्यक्ष रघु के. सी. लगायतको उपस्थिति थियो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:11 am7:04 pm +0545