कबड्डी प्रतियोगिता जितेका खेलाडी सम्मानित
संवाददाता, भक्तपुर
अषाढ ६, बिहिवार
चाँगुनारायण नगरपालिकाले कबड्डी प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान गरेको छ । चाँगुनारायण नगरपालिकाले बिहीबार नगरपालिकाको आफ्नै हलमा आयोजित एक कार्यक्रममा काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका–७ कुन्ता बेशीमा आयोजित एस्. ई. ई. अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उपाधी जितेका कबड्डी खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जिवन खत्रीले कबड्डी टिमका विजेता खेलाडीहरुलाई दोसल्ला र कदर पत्रसहित सम्मान गर्नुभएको थियो ।सम्मानपछि कबड्डी टिमका प्रशिक्षक प्रदीप ढकालले नगरपालिकाले गरेको सम्मानबाट आफूहरुलाई झनै उत्साही बनाएको बताउनु भयो ।
कार्यक्रममा मेयर जिवन खत्रीले खेलाडीले नगरपालिकाको मान र शान बढाउने काम गरेका उल्लेख गर्नुभयो । उहाँले नगर भित्रको खेलकुद क्षेत्रको विकास, विस्तार र समृद्धिका लागि आवश्यक पूर्वाधार विकासको कामलाई प्राथमिकताका साथ अघि बढाउनेप्रतिवद्धता पनि दोहोर्याउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमागाईं, नगर खेलकूद समितिका अध्यक्ष रघु के. सी. लगायतको उपस्थिति थियो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्