युवाहरुबीच लोकप्रिय हुक्का चुराेटभन्दा निकै खतरनाक ,निम्त्याउँछ यस्ता समस्या
थाहा पाइराखौं हुक्काको बेफाइदाको बारेमाः
— चुरोट भन्दा खतरनाक हुन्छ हुक्का
यूनिभर्सीटी अफ कोलम्बीयाको एक रिपोर्ट अनुसार हुक्का चुरोट भन्दा धेरै हानीकारक हुन्छ । यसमा निकोटीनको साथै ह्यासीस (एक प्रकारको लागुऔषध) को प्रयोग भएको हुन्छ ।
यसका साथै हुक्कामा प्रयोग गरिने फ्लेबरहरुमा पनि शरीरलाई हानी गर्ने पदार्थहरुको प्रयोग गरिएको हुन्छ ।
केही मानिसहरुमा हर्बल हुक्काले धेरै हानी गर्दैन् भन्ने धारणा रहेको हुन्छ । तर, यो गलत हो । हर्बल हुक्काले पनि त्यति नै असर गर्दछ जति अन्य हुक्काले गर्छ ।
— चुरोट भन्दा हुक्कामा प्रयोग हुने सुर्ती खतरनाक हुन्छ
हुक्का पिउनु यसकारण पनि खतरनाक हुने गर्दछ कि जो मानिसहरु हुक्का सेवन गर्छन उनीहरु ३० देखि ४५ मिनेटसम्म तान्ने गर्छन् ।
यती धेरै समयसम्म लगातार हाम्रो शरीरमा कार्बनमोनोअक्साइड जाने गर्दछ । मानव शरीरको लागि कार्बनमनो अक्साइड धेरै हानीकारक मानिन्छ ।
— मुटुमा समस्या पैदा गर्छ
फ्लेबरयुक्त हुक्काको सेवन गर्दा त्यसमा भएको सुर्तीको कारण लेड र मानव शरीरको लागि खतरनाक अन्य रसायन पैदा हुने हुन्छ, जुन मुटुको लागि खतरनाक हुन्छ ।
हुक्का सेवन गर्ने मानिसहरुमा श्वासप्रश्वास रोकिने सम्भावना पनि धेरै हुन्छ । लगातार लामो समयसम्म हुक्का सेवन गर्दा मुटुका धमनीहरुमा समस्या हुने र त्यसकारण हर्ट अट्याक, स्ट्रोक्स र अन्य कार्डियो भास्कुलर रोगहरुको जोखिम हुन्छ ।
— क्यान्सरको सम्भावना
जो मानिसहरु हुक्का तान्दा पानीको बाटो हुँदै आउने धँुवाले खासै असर गर्दैन् भन्ने मान्यता राख्छन् उनीहरु गलत छन् ।
हुक्काको सेवनको कारण मुख, फोक्सो तथा रक्त क्यान्सर हुने सम्भावना निकै उच्च हुन्छ ।
यसका साथै हृदयघात तथा धमनीहरुमा बेकार पदार्थहरु जमाउने काम पनि हुक्काले गर्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #हुक्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्