बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुईकाे मृत्यु
काठमाडाैं, १७ साउन । काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह रहेका छन् । उनीहरु सहोदर दाजुभाइ भएकाे बताइएकाे छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान दश बजेतिर काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा उनीहरू अड्किएका थिए । लामाे समयसम्म उनीहरू ननिस्किएपछि डाेजर लगाएर उनीहरूलाई निकालिएकाे थियाे ।

घटनाबारे अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ ।
उनीहरूलाई पाइपबाट बेहाेश अवस्थामा निकालेर तत्कालै शिक्षण अस्पताल पठाइएकाे थियाे । अस्पतालले उनीहरूलाई मृत घाेषित गरेकाे महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मेलम्ची खानेपानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्