जावलाखेलस्थित तरकारी बजारको ५२ वटा टहराहरुमा डोजर चल्यो

काठमाडौँ, १० साउन । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका तरकारी बजारका ५२ वटा टहराहरु डोजर लगाएर भत्काइएको हो ।
करिब २० वर्ष अगाडिदेखि सञ्चालित प्रत्येक पसलबाट जावलाखेल युथ क्लबले भाडा उठाउँदै आएको थियो । प्रजिअ जोशीका अनुसार बजारमा पार्किङको व्यवस्था पनि नभएको, जथाभावि पार्किङ गर्दा ट्राफिक जाम हुने गरेको र सुरक्षाको वातावरण पनि नभएको गुनासो प्रशासनमा आउने गरेको थियो ।
डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको जानकारी दिए ।
प्रजिअको उपस्थितिमा केहीबेर डोजर चलाएर पसल सञ्चालकहरुलाई भोलि दिउँसो ४ बजेसम्ममा सबै सामान हटाउन निर्देशन दिइएको छ।
बिहान मात्रै खबर गरेर भत्काउन लागेकोले सामानहरू सकुशल व्यवस्थित गर्न नपाएको गुनासो पीडित पसलेहरूको छ । अख्तियारको आदेशपछि पसल तथा टहराहरू भत्काइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।
क्याटेगोरी : विशेष
ट्याग : #डोजर चल्यो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्