१८ सय ठेकेदारमाथि कारबाही गर्ने तयारी : गृहमन्त्री थापा
काठमाडौं । १८ सय ठेकेदारमाथि सरकारले कारबाही गर्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले ठेकेदारहरुमाथि कारबाही नरोकिएको बताएका हुन् । गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सम्झौताविपरीत काम गर्ने १८ सय ठेकेदारलाई कारबाही तयारी भइरहेको जानकारी गराए । ती ठेकेदारको कारबाहीका लागि अख्तियारमा फाइल पुगिसकेको उनको भनाइ छ ।
नेत्रविक्रम चन्द विप्लवसँगको वार्ताबारे पत्रकारले राखेको जिज्ञासामा उनले औपचारिक पत्र आदानप्रदान नभए पनि अनौपचारिक ढंगले संवाद चलिरहेको बताए । विप्लव समूहका गतिविधि चुनौतीका रुपमा रहेको उनले स्वीकार गरेका छन् । निर्मला पन्त हत्याकाण्डबारे भने उनले अनुसन्धान जारी रहेको दोहोर्याए । ’यो नयाँ घटना होइन । यस्ता घटना भइराख्छन,’ उनले भने, ’छानबिन र अनुसन्धान जारी छ ।’
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ठेकेदारमाथि कारबाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्