जमेको नदीमाथि उत्रियो विमान

रुसमा हालै पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीको भाग्य बलियो रहेछ । किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो ।
सो विमानमा ३० यात्रु र चार जना चालकदलका सदस्य थिए । यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन ।
रुसी एयरलाइन्सका अनुसार उक्त जहाज याकुत्स्क–जायर्यंका–स्रेडनेकोलिम्स्क रुटमा उडेको थियो । ‘एन्टोनोभ २४ फ्लाइट’ को सो विमानले याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलमा अवतरण गर्नुको साटो नदीमै अवतरण गर्यो ।
पोलार एयरलाइन्सका अनुसार उक्त घटनाबारे रुसको सङ्घीय हवाई यातायात एजेन्सीको क्षेत्रीय विभागले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार चालकदलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #जमेको नदीमाथि उत्रियो विमान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्