१५ दिनको गोष्ठीका लागि सरकारको डेढ अर्ब खर्च
बुटवल । प्रदेश ५ सरकारले गोष्ठीका नाउँमा अर्बभन्दा बढि रकम सकेको भन्दै आलोचना भएको छ । प्रदेशसभाको आईतबार बसेको बैठकमा प्रदेशसभा सदस्य तुलाराम घर्तीमगरले गोष्ठीका नाममा १५ दिनमै डेढ अर्बभन्दा बढि रकम खर्चेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन् ।
आइतबार बसेको प्रदेशसभाको वैठकमा सत्तापक्ष नेकपाकै प्रदेशसभा सदस्य मगरले असारको १५ दिनमै मात्रै गोष्ठीको नाउँमा एक अर्ब ५५ करोड खर्च भएको दाबी गरे । सभामा बोल्दै मगरले गोष्ठी र सेमिनारको नाउँमा ठूलो धनराशी खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्ने माग राखे ।
मगरले समय सकिनै लाग्दा गरिएको गोष्ठीले प्रतिफल नदिने भन्दै सरकारको आलोचना गरे । उनले असारे विकासको परिपाटी अन्त्य गर्ने तर्फ कदम चाल्न माग गरे । उनले विकास निर्माणका काम पनि असारकै बीचमा गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #प्रदेश ५ सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्