Techie IT
सोमबार, वैशाख २२,२०८२

२० बाणिज्य बैंकले ४ महिनामा कमाए २० अर्ब ७३ करोड नाफा, कुनको कति ?


चालु आर्थिक वर्षको पहिलो चार महिनामा २० वाणिज्य बैंकले कुल २० अर्ब ७३ करोड खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरूको खुद नाफा ७ अर्ब २३ करोड रुपैयाँले बढेको छ । यस अवधिमा सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले गरेको छ। नबिल बैंकले यस अवधिमा २ अर्ब १७ करोड रुपैयाँ नाफा गरेको छ ।

त्यस्तै दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंकले एक अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा गर्दै नेपाल इन्भेष्टमेन्ट मेघा बैंक तेस्रो स्थानमा रहेको छ भने प्राइम कर्मसियल बैंकले १ अर्ब ५३ करोड रुपैयाँ र १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेका छन्।

यस्तै, एनआईसी एसिया बैंकको १ अर्ब ३८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २१ करोड रुपैयाँ, एनएमबि बैंकले १ अर्ब २४ करोड रुपैयाँ, एभरेष्टले १ अर्ब ८ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेका छन्।

यस अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेड ९७ करोड १० लाख, कुमारी बैंकले ८८ करोड ८० लाख, सानिमा बैंकले ७७ करोड ७८ लाख, माछापुच्छ्रे बैंकको ६७ करोड १५ लाख, नेपाल एसविआई बैंकले ६० करोड ५६ लाख, सिटिजन्स इन्टरनेशनल बैंकले ५८ करोड २४, लक्ष्मी सनराइज बैंकले ५१ करोड ६० लाख र सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा रहेको कृषि विकास बैंक कात्तिकमा पनि घाटामै रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार कृषि विकास बैंक कात्तिकसम्ममा २८ करोड ८८ लाख घाटामा रहेको छ।


क्याटेगोरी : अर्थ
ट्याग : #२० बाणिज्य बैंक, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545