अर्जेन्टिनामा शक्तिशाली आँधी
एजेन्सी । अर्जेन्टिनाको बहिया ब्लाङ्कामा रहेको ब्युनस आयर्स बन्दरगाहमा शक्तिशाली आँधी आएको छ । शनिवार आएको आँधीमा परि १३ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
त्यहाँको मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत समेत आँधी सहितको हावाहुरीले उडाएको थियो ।
‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको ज्यान गएको पुष्टि गरेको छ,’ नगरपालिकाले विज्ञप्तिमा भनेको छ ।
उक्त शहरमा एक सय ४० किलोमिटर ९८७ माइल प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्रगतिको हावा आएसँगै केही भागमा विद्युत समेत अवरुद्ध भएको जनाइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अर्जेन्टिनामा शक्तिशाली आँधी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्