श्रीलंकाको आर्थिक वृद्धिदर सकारात्मक

काठमाडौं । श्रीलंकामा आर्थिक सुधार हुँदै गएको छ । दुई वर्षअघि आर्थिक संकटले घेरिएको श्रीलंकामा पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर सकारात्मक देखिएको हो ।
श्रीलंकाली अधिकारीले आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै सोचेभन्दा पहिले नै स्थिरता प्राप्त भएको बताएका छन् । श्रीलंकाको जीडीपीले गत वर्षको तुलनामा २०२३ को तेस्रो त्रैमासिकमा १।६ प्रतिशतले वृद्धि गरेको छ ।
श्रीलंकाको जनगणना तथा तथ्याङ्क विभागले शनिबार यो प्रतिवेदन सार्वजनिक गरेको हो । विभागले सार्वजनिक गरेको दोस्रो त्रैमासको राष्ट्रिय लेखाअनुसार गत वर्षको पहिलो त्रैमासिकमा सुरु भएको मन्दीबाट अर्थतन्त्र उभिएको हो ।
श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्घेले अर्थतन्त्रमा कृषि, उद्योग र सेवा गरी तीनवटा प्रमुख क्षेत्र रहेको बताए । तेस्रो त्रैमासमा कृषि क्षेत्र ३.० प्रतिशत, उद्योग ०.३ प्रतिशत र सेवा क्षेत्र १.३ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो त्रैमासिकमा १२.६ प्रतिशतले वृद्धि भएपछि गैरकर अनुदान १३.६ प्रतिशतले बढेको थियो । वीरासिङ्घेले सोचेभन्दा पहिले नै आर्थिक वृद्धिदर दर्ता भएको बताए ।
विदेशी मुद्रा सञ्चितिको गम्भीर अभावका कारण श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको थियो ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक मुलुक सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको थियो । तर अहिले क्रमशः आर्थिक अवस्थामा सुधार आउन थालेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #श्रीलंकाको आर्थिक वृद्धिदर सकारात्मक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्