सत्ता गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद
१९ मंसिर, काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ, र गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव र सचिवहरुलाई राखेर सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । मंगलबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले एनसेलको सेयर खरिद बिक्रीलाई गम्भीर रुपमा लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई समर्थन गरेका छन् ।
एनसेलको सेयर खरिद बिक्री शंकास्पद भएकाले तत्काल छानबिन गर्न सरकारलाई आग्रह गरेको छ
एनसेनको सेयर खरिद बिक्रीबारे जे जति प्रश्नहरु उठेका छन्, ती गम्भीर छन्, जायज छन्’, बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग भने, ‘यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ, सुक्षम ढंगले अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा शीर्ष नेताहरुको बैठक पुगेको छ । नेपाल सरकारका सम्बन्धित निकायले गम्भीरतापूर्वक लिएर छानबिन गर्ने भन्दै प्रमुख सचेतक लेखकले भने, ‘यसमा मन्त्रिपरिषद्ले पनि आवश्यक निर्णय गर्छ । देशको हित र कानुन बमोजिम गर्नुपर्ने सबै काम सरकारले गर्छ ।’
’मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पमी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ । नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक राखेर छलफल गरेका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्