सुन, चाँदी नगदसहित पक्राउ
काभ्रे, १९ मंसिर । बिल नभएको सुन, चाँदी र स्रोत नखुलेको नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाले सोमबार राती भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका-७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुतेलाई पक्राउ गरेको हो ।
प्रहरीले विभुतेको साथबाट बिल नभएको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला, स्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १३५ र २२ हजार भारतीय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बरामद सुन र चाँदी जस्तो देखिने धातु, स्रोत नखुलेको नगदसहित विभुते इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्