हुम्लामा हिमपात, जनजीवन कष्टकर
सिमिकोट । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ ।
आइतबार राती सम्म सफा रहेको मौसममा हावाहुरी सुरु भए सँगै सोमबार बिहानबाट हिमपात सुरु भएको हो । 
जिल्लामा बिहानबाट हिमपात सुरु भएसँगै किसान खुसी भएका छन् । हुम्लावासीहरूले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् ।
हिमपात सुरु हुनु अगावै हुम्लावासीहरू चिसो छल्न बेसी झरिसकेका छन् भने नाम्खाको लिमिवासि सहरी क्षेत्र झरिसकेका छन् । जिल्लाको हिल्सा नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी नाकामै रहेका छन् । हिमपातले सदरमुकाम सिमिकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण हुम्ला,जुम्ला,मुगु,डोल्पाका सम्पूर्ण उडानहरू समेत प्रभावित भएका छन् । टिकट लिएर बसेका यात्रुहरू विमानस्थलमा कुरिरहेका छन् ।
क्याटेगोरी : जीवनशैली, समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्