भारतका ४ राज्यको मतगणना जारी
काठमाडौं । भारतका ५ राज्यको भएको निर्वाचनको मतगणना शुरु भएका ४ राज्यमध्ये सत्तारुढ भारतीय जनता पार्टी पार्टीले ३ वटामा अग्रता लिँदा कांग्रेस आइलाई झड्का लागेको छ ।
मतगणनाको प्रारम्भिक रुझान अनुसार कांग्रेसले अपेक्षित प्रदर्शन गर्न सकेको छैन । कांग्रेसको अग्रता अब तेलंगनामा मात्र बाँकी छ । उसले जित्ने अपेक्षा गरिएको छत्तिसगढमा समेत बिजेपीले अग्रता लिएको छ ।
भारतीय समय अनुसार बिहान पौने ११ बजेसम्मको रुझानमा बिजेपीले मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा अग्रता लिएको छ । मिजोरममा सोमवार मात्र मतगणना हुनेछ ।
राजस्थानका १९९ सीटको मतगणना जारी रहँदा बिजेपी १०१ सीटमा अगाडि छ भने कांग्रेस ७४ र अन्य दल २५ सीटमा अग्रता लिइरहेका छन् ।
त्यस्तै मध्य प्रदेशका २३० सीटमध्ये बिजेपी १४७ सीटमा अगाडि छ भने कांग्रेस ८१ सीट र अन्य साना दल २ सीटमा अगाडि छन् ।
छत्तिसगढमा ९० सीटमध्ये बिजेपी ४८ सीट र कांग्रेस ४० सीटमा अगाडि छन । उता तेलंगानामा भने कांग्रेस ६३ सीट सहित अग्रस्थानमा रहँदा क्षेत्रीय पार्टी बिआरएस ४० र बिजेपी ११ सिटमा अगाडि छन् । त्यहाँको मुस्लिम दल एआइएइएम ४ सीटमा अगाडि छ ।
मतगणनाको यही रुझान कायम रहँदा कांग्रेस आइ आफूले जितिरहेका राजस्थान र छत्तिसगढबाट पनि बिदा हुने देखिन्छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्