सिंगापुरले दियो नेपाललाई १४६ रनको विजयी लक्ष्य
काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको विजयी लय प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको हो । उसका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । ३० बल सामना गरेका उनले ९ चौका र एक छक्का हिर्काउँदै ४६ रन बनाएका हुन् । त्यस्तै आर्यावीर चौधरीले ४२ रन थपेको खेलमा ६ चौका हिर्काए । त्यस्तै मनप्रित सिंहले २०, अक्षय रुपक पुरीले १३, र जनक प्रकाशले ७ रन थपे
बलिङतर्फ नेपालका अविनाश बोहराले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका बोहराले ४३ रन खर्चेर तीन विकेट लिए । भने गुलसन झा र सन्दीप लामिछानेले र करण केसीले समान दुई विकेट लिए। १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले केही समयमा जवाफी ब्याटिङ थाल्नेछ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #आईसीसी टी–२० विश्वकप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्