सशस्त्र प्रहरी बलले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने
काठमाडौं । सशस्त्र प्रहरी बलले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने भएको छ ।
यस योजना अन्तरगत सशस्त्र बलका २९ हजार १ सय ५४ जना प्रहरी परिचालित गरिने छ । सशस्त्र प्रहरीले आज प्रेस विज्ञप्ति जारी गर्दै तत्कालै खट्ने गरी करीव २ हजार ९ सय २९ जनालाई तयारी हालतमा राखिएको जनाएको छ ।
करीब ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने र विशेषगरी सीमावर्ती ईलाका तथा नागरिकको सेवा, सुरक्षा र उद्धारमा सुरक्षा योजना केन्द्रीत रहेको पनि सशस्त्र प्रहरी बलले जनाएको छ ।
सीमा क्षेत्रमा छिमेकी देशका सुरक्षाकर्मीसंगको समन्वयमा १ सय २५ स्थानमा नागरिक सहायता कक्ष र ३३ स्थानमा नागरिक स्वास्थ्य सहायता कक्ष स्थापना गरेको पनि जनाइएको छ । पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचा गर्नसक्ने तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको पनि सशस्त्रले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #सशस्त्र प्रहरी बल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्