नवलपरासीका स्थानीय तहले ५ करोड विद्युत महशुल तिर्न बाँकी
नवलपरासीका स्थानीय तहले विद्युत महशुलबापत ५ करोड रुपैयाँ विद्युत प्राधिकरणलाई तिर्न बाँकी रहेको छ।
सडकबत्ती प्रयोग गरेबापत उनीहरूले उक्त रकम तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिरकरणले जनाएको छ। जिल्लामा ७ स्थानीय तह छन्। महशुल तिर्न बाँकी रहेका स्थानीय तहहरूले ४५ दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कानुनबमोजिम कारबाही गरिने प्राधिकरणले जारी गरेको सूचनामा जनाइएको छ। सात वटा पालिकाको कूल ४ करोड ९३ लाख ८२ हजार बक्यौता रकम तिर्न बाँकी रहेको देखिएको छ। जसमा सबैभन्दा बढी रामग्राम नगरपालिकाको ३ करोड २९ लाख बक्यौता रकम छ।
परासी वितरण केन्द्रबाट विद्युत प्रयोग गरेबापत रामग्रामले उक्त रकम तिर्न बाँकी रहेको हो। सुनवल नगरपालिकाले परासी वितरण केन्द्रबाट ७२ लाख ३८ हजार र बर्दघाट वितरण केन्द्रबाट १६ हजार रुपैयाँ गरी कुल ७२ लाख ५४ हजार विद्युत महशुल तिर्न बाँकी छ। बर्दघाट नगरपालिकाले बर्दघाट वितरण केन्द्रबाट ३६ लाख ८२ हजार बराबरको विद्युत उपभोग गरेबापतको महशुल तिर्न बाँकी छ।
प्रतापपुर गाउँपालिकाले बर्दघाट वितरण केन्द्रबाट ८ लाख ८३ हजार र परासी वितरण केन्द्रबाट ८ लाख ३ हजार गरी कूल १६ लाख ८६ हजार महशुलबापतको रकम तिर्न बाँकी छ। त्यस्तै पाल्हीनन्दनले परासी वितरण केन्द्रबाट विद्युत उपभोग गरेबापत कूल १५ लाख ६५ हजार महशुल तिर्न बाँकी छ। सरावल गाउँपालिकाले परासी वितरण केन्द्रबाट १२ लाख ६ हजार र बर्दघाट वितरण केन्द्रबाट ३ लाख ४५ हजार गरी कुल १५ लाख ५१ हजार विद्युत महशुल तिर्न बाँकी छ। सुस्ता गाउँपालिकाले परासी वितरण केन्द्रबाट उपभोग गरेबापत कूल ७ लाख ४ हजार विद्युत महशुल तिर्न बाँकी रहेको विद्युत प्राधिकरणले निकालेको सूचनामा जनाइएको छ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्