वर्तमान सरकार पाँच वर्षसम्म चल्ने प्रचण्डको दावी
१३ जेठ, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर चल्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकारले प्रभावकारी रुपमा कार्य अगाडि वढाइरहेको हुनाले नेतृत्व परिवर्तनको अहिले आवश्यकता नरहेको स्पष्ट पार्नुभयो ।
विप्लप समूह शान्तिपूर्ण राजनीतिमको बाटोमा आउनुबाहेक अन्य कुनै विकल्प नहरको उल्लेख गर्दै हिंसाको राजनीतिबाट राजनीतिक उद्देश्य पूरा नहुने विचार व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले विकास निर्माण र जनताको समृद्धिका लागि सबै एकजुट भई नयाँ ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्