क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित
काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द पुन निर्विरोध निर्वाचित भएका छन् ।
चन्दको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनको विरुद्धमा बर्दियाका विनयराज भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका थिए तर उनले मनोनयन दर्ता नगरेपछि क्याको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।
मनोनयनका लागि बिहान पौने ११ बजेसम्मको लागि समय दिइएको थियो ।
यसैगरी, क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा भने नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन् । खड्काले चतुरको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #चतुरबहादुर चन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्