सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बिहीबार बाँडफाँट गरिँदै

काठमाडौ, २७ भदौ । सिटिजन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ। एनआइएमबी एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ बिहीबार दिउसो २ बजे बाँडफाँट हुने भएको हो। कम्पनीको आईपीओमा अन्तिम दिनसम्म माग भन्दा १।८६ गुणा बढी आवेदन परेको छ ।
उक्त इन्स्योरेन्सले भदौ १५ गते आइतबारदेखि निष्कासन गरेको आईपीओमा १५ लाख १० हजार ६९३ भन्दा बढीको आवेदन परेको हो । इन्स्योरेन्सको आईपीओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने भएको छ। इन्स्योरेन्सले ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो। जसमा एक करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली ९सिडिएससी ० ले जनाएको छ ।
कम्पनीको प्राथमिक सेयरमा १५ लाख १० हजार ६९३ आवेदकले सेयर खरिदको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२० रुपैयाँ सङ्कलन भएको छ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको थियो।
इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरूका लागि निष्कासन गरिसकेको छ।
यसरी, इन्स्योरेन्सले बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो। त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #आईपीओ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्